फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’, नतिरे बन्द गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न ‘अल्टिमेटम’ जारी गरेको छ ।

बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर नतिरे सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ ।

समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

फन पार्क कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको कम्पनीले सञ्चालन गर्दै आएको छ ।

२०६२ सालदेखि सञ्चालनमा आएको काठमाडौँ फन पार्क काठमाडौँ समाज कल्याण परिषद्को स्वामित्वमा रहेको जग्गामा सञ्चालित छ ।

सो पार्कमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो प्रकरणपछि पार्कले कर नतिरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here