एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको भिडियोले अधिकतम बल, वुद्धि र विवेक सहितको अठोटले कठिन उचाइहरु पनि सहजै चुम्न सकिने सन्देश दिएको छ ।

दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि वढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ ।

जसमा बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here