आइएमईको दसैँ अफर: ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

काठमाडौं । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वका अवसरमा सेवाग्राहीहरूलक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

बुधबार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत उक्त अफर सार्वजनिक गरिएको हो ।

विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।

यसका साथै हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रु. २५ हजार उपहारस्वरुप प्रदान गरिनेछ। त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रु. १० लाख उपहारस्वरुप प्रदान गरिनेछ।

अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्रान्ड एम्बेसेडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रुद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीको उपस्थिति थियो।

कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ। यो अफर भोलि भदौ १६ गतेदेखि आउँदो कात्तिक १६ गतेसम्म कुल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ।

यस सम्बन्धि विस्तृत जानकारीका लागि आइएमईको आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित सम्पर्क कार्यालय, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ। अफरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कम्पनीले सञ्चालन गरेका सेवा र सर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्कीड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरु तथा मिडियामार्फत सार्वजनिक गरिनेछ।

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आइएमईले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here