दोधारा चाँदनीमा आपतकालीन कार्य केन्द्र सञ्चालन

दोधारा । दोधारा चाँदनी नगरपालिकाले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र संचालनमा ल्याएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरको सहयोगमा दोधारा चाँदनी नगरपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरि संचालनमा ल्याएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना गरी जोखिम न्यूनीकरण हुने बिश्वास गरिएको छ् । हिजो अबेर साँझ दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले सामाजिक संजाल फेसबुकमा एक स्टाटस् लेख्दै नगरपालिका भरि घटेका घट्नाको जानकारी गराईदिन सबैमा अनुरोध गरेका छन् ।

‘दोधारा चाँदनी नगरपालिका आपतकालीन कार्यसन्चालन केन्द्रको सम्पर्क नं. ९८५८७८००३ मा नगरपालिका भरि घटेका बिपदका घटनाको जानकारी टिपाइ सहयोग गरिदिन अनुरोध छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले सामाजिक संजाल फेसबुक पेजमा लेखेका छन् ।

बिपद् पुर्वतयारी, प्रतिकार्य तथा विपद् पश्चातको पुर्ननिर्माणमा आपत्कालीन कार्य संचालन केन्द्रले प्रमुख भुमिका खेल्ने फोकल पर्सन भट्टको भनाई रहेको छ् । बिपद्को जोखिममा रहेका मानिसहरुको जीवन यापनमा सहजता ल्याई विपद्हरुको अझ राम्रो संग सामना गर्ने क्षमता वृद्धि गरी समुदायको उत्थानशील क्षमतालाई सुदृढ बनाउन दोधारा चाँदनी नगरपालिका कार्यालय प्रतिबद्ध रहेको बताईएको छ् ।

नगर क्षेत्रको विपद ब्यवस्थापनबाट हुने क्षति घटाउन यो केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ् । बिपद् क्षेत्रको पहिचान गर्न, विपद प्रतिकार्यका लागि स्वयंमसेवकहरुको गठन गर्न, प्राथमिक उपचार खोज तथा उद्धार गर्न र आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना लगाएतका कार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरले नगरपालिकालाई सघाउदै आएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here