झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं, १६ भदौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से १.८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२५ कम्पनीको १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । बुधवार १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ समूहको घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.३१ प्रतिशतले बढेको छ ।

आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, अपर हेवाखोला ६.५८, महुली लघुवित्त ५.८४, सप्तकोशी डेभलपमेन्ट बैंक ५.२२, प्रोग्रेसिभ फाइनान्स, लिबर्टी इनर्जी र बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज राप्ती हाइड्रो एण्ड कन्ट्रक्शन र गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १२ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ ।

हिमालय एभरेष्ट इन्सोरेन्सको ५ करोड ६५ लाख र नेष्डो लघुवित्तको ४ करोड ८८ लाख बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here