डिजेल र मट्टीतेलको मूल्य बढ्यो, आयल निगम मासिक ६१ करोड घाटामा

काठमाडौं, १७ भदौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको निगमले जनाएको छ।

नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ। हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ।

नेपाल आयल निगम मासिक ६१ करोड घाटामा रहेको जनाइएको छ। हिजो मध्यरातिदेखि लागू हुनेगरी निगमले डिजल र मट्टीतेलमा मूल्य समायोजना गरेसँगै अब मासिक घाटा ६१ करोड हुने निगमको प्रक्षेपण छ।

इण्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here