हात्तीले बाली सखाप पारेपछि स्थलगत अनुगमन पुग्यो जम्बो टोली, टर्चलाइट र विद्युत बत्ती जडान गर्ने

दोधारा । दोधारा चाँदनी नगरपालिकाको हात्ती पीडित क्षेत्र भनेर चिनिदै आएको बडुवाल टोलमा दोधारा चाँदनी मेयर, उपमेयर तथा वडाध्यक्षहरुले स्थलगत अनुगमन गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदी पारि भारतसँग सीमा जोडिएको बडुवाल टोल बस्तीमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको अगुवाईमा रहेको एक टोलीले हात्तीले क्षती गरेको अवस्थाको बारेमा जानकारी लिएका छन् ।

बिगत ३ साता देखि बस्तीमा जंगली हात्तीले स्थानिय किसानहरुको खेती खाएर नष्ट गर्न थालेपछि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष हरिसिंह धनाडी, पदम रावल, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष माधव धामी, अधिकारकर्मी खिमा चन्द, वडा नं. ३ का पूर्व वडाध्यक्ष पुष्कर जोशी, नेपाली काग्रेंसका नेता नाफु सिंह साँउद, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एक टोलीले बडुवाल टोलमा पुगेका थिए ।

बिगतका दिनहरुमा हात्ती बस्तीमा पस्दा अन्धकारमा ज्यान बचाउन भाग्नु पर्ने बाध्यता थियो । खेतमा अन्नबाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पस्दै आएको छ् । यो क्रम अझै सम्म नरोकिएको स्थानीयहरुले बताउदै आएका छन् ।

बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातिको समयमा आउने वन्यजन्तुले विगत लामो समय देखि सताउनु सताएको छ् । भारत संग जोडिएका दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्रका गाँउ बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास रहदै आएको छ् ।

नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व सुरु भइरहेको छ् । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पस्छ् ।

दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ् । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले स्थानियहरु संग समस्याको बारेमा जानकारी समेत लिएका छन् ।

विद्युत बत्तीको कारण समेत निकै समस्या देखिएको बताउदै मेयर लिम्बुले तत्कालको लागी विद्युत बत्ती जडान र प्रत्येक घरको लागि एक सर्चलाईटको ब्यवस्था गर्ने, झाँडी सरसफाई गर्ने बताएका छन् ।

बडुवाल टोलमा हात्तीको समस्या निकै गम्भिर रहेको आफुले महशुस गर्दै आएको बताउदै हात्तीको आतंक निराकरणको लागी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउ लगाएत सरोकारवाला संग पहल गर्ने बताएका छन् ।

‘हामी हात्तीको आतंकको बारेमा कार्यपालिका बैठकमा छलफल गरि समस्या हल गर्न तर्फ लाग्ने छौं’ दोधारा चाँदनी नगरपालिका मेयर लिम्बुले भने । स्थानीयवासीहरुले मेयर लिम्बु लगायत उपमेयरलाई बस्तीको समस्याको बारेमा जानकारी गराउदै बस्तीमा हात्तीको समस्या निकै जटिल बन्दै गएको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशीले सबै मिलेर समस्याको हल गर्न लाग्नु पर्ने बताएका छन् । ‘हामी कार्यपालिकाको बैठकमा प्रमुखताको साथ बडुवाल टोलको हात्तीको समस्या हल गर्न तर्फ निर्णय गर्ने छौं’ दोधारा चाँदनीका उमपेयर गंगादेवी जोशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here