चाडपर्वलाई लक्षित इसेवाको ‘मेरो यात्राको साथी’ अफर, होटल बुक गर्दा २० प्रतिशत छुट

काठमाडौं । इसेवाले विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत यात्रुहरूले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन्।

हवाइजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाइजहाज टिकेटिङमा आकर्षक अफरहरू राखिएको बताइएको छ।

यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर पाउने कम्पनीले बताएको छ।

यस अफर अन्तरर्गत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागि थप ३ प्रतिशत अथवा ३०० रुपैयाँसम्म क्यासब्याक पाइने जनाइएको छ। जसका लागि प्रोमोकोड ‘नयाँ’ प्रयोग गर्नु पर्नेछ ।

यस्तै तीन वटा टिकट खरिद गर्दा थप १ सय ५० रुपैयाँ प्राप्त गर्न सकिनेछ। यसका लागि प्रोमोकोड ‘थ्रिपावर’ उल्लेख गर्नु पर्ने कम्पनीले बताएको छ।

यस्तै ई(सेवामार्फत भदौ १६ गतेदेखि एक महिनासम्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजेदेखि १ः३० बजेसम्म आधा घण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ।

यस्तै भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले ५ हजार रुपैयाँ बराबरको होटलमा बस्न पाउनेछन्।

यस्तै अफर अन्तर्गत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसैगरी अन्तर्राष्ट्रिय हवाइ टिकटको खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत तथा २५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ।

यो अफर भदौ १६ गतेदेखि असोज १६ गतेसम्म लागु हुनेछ। सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

ई( सेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here