असोजदेखि शुक्रबार शेयर कारोबार बन्द हुने

काठमाडौं, १९ भदौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबार शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको नेप्से संचालक समितिको बैठकले आगामी असोज महिनादेखि लागु हुने गरि शुक्रबार भईरहेको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा कारोबार हुनेछ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो ।

पछि सरकारले आइतबारको सार्वजनिक विदा बन्द गरेपछि आइतबारदेखि शुक्रबारसम्म नै कारोबार हुन थालेको थियो। तर शुक्रबार भने २ घण्टा मात्र शेयर कारोबार हुने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here