बोसको तालिम र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डष्ट्रिजमा भएका सेल्स एन्ड सर्भिस प्राक्टिसमा आधारित तालिम प्रदान गरे । त्यसैगरी उनले फिल्ड च्याम्पियनहरुलाई अझै व्यावसायिक तरिकाले नेपाली ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ फिट फर फ्युचर क्याम्पेन समेत लन्च गरे ।

बजारमा भएको कठिन अवस्थाको वावजुद आर्थिक वर्ष २०७८/७९ मा अटो पार्ट्स उद्योगका रिटेलर र वर्कशपहरुलाई सहयोग गर्ने व्यक्तिहरुलाई अप स्किलिङ प्रोग्रामका बीच सत्यदीप ग्रुपले सम्मान गरेको छ ।

सत्यदीप ग्रुपसँग हाल नेपाली जनतालाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न प्रतिबद्ध र अटो पार्ट्स उद्योगमा समर्पित २५ भन्दा बढी व्यक्तिहरु सो तालिममा सहभागी भएका थिए ।

नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक विभिन्न ब्रान्डका जेन्युइन पार्ट्स उपलब्ध गराउदै आइरहेको सत्यदीप ग्रुपले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here