आइपीओ भर्दा ५ रुपैयाँभन्दा बढी लिन नपाउनेभएपछि सी-आस्वा निःशुल्क गर्न बैंकहरुको होडबाजी

काठमाडौं । सिद्धार्थ बैंकबाट आइपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सी–आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्।

बैंकले अबदेखि लागू हुने गरी सम्पूर्ण सी-आस्बा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

अब लगानीकर्ताले यस बैंकको कुनै पनि खाताबाट प्रथामिक शेयर, हकप्रद शेयरलगायतका विभिन्न धितोपत्रमा आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु पर्दैन ।

यस अघि बैंकले आस्बावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका हुन् । यो सँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ।

यसअघि राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकहरूले यो शुल्क नलिने घोषणा गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here