दोधारा चाँदनी नगरपालिकाले मनायो सीमा बस्तीमा मानव बेचबिखन विरुद्ध दिवस

दोधारा । दोधारा चाँदनी नगरपालिकाले मानव बेचबखिन बिरुद्धको दिवसको अवसर पारेर सीमा बस्तीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् ।

‘तीनै तहका सरकार, मानव बेचबिखन बिरुद्ध सरकार’ नारा सहित १६ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवसको अवसर पारेर दोधारा चाँदनी नगरपालिका वडा नं. ३ भारतसंग जोडिएको सीमा बस्ती बडुवाल टोलमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिएका छन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष हरिसिंह धनाडी, पदम रावल, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश दत्त मिश्र, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखक, सुरक्षित संजालका संयोजक खिमा चन्द, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा अधिकारी, दोधारा चाँदनीमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको लागि संगठित संस्था माईती नेपाल कञ्चनपुरको उपस्थिती रहेको थियो ।

त्यस्तै निड्स नेपाल, सुरक्षित संजाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) शान्ति पुर्नस्थापना गृह, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पालिकाको महिला तथा बालबालिका शाखा, शिक्षक तथा विद्यार्थीहरु, मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।

कार्यक्रममा जनचेतना बाल क्लबका स–साना भाई बहिनीहरुले मानव बेचबिखन बिरुद्धको नाटक प्रदर्शन गरेका छन् । कार्यक्रममा जनचेतना बाल क्लबका स–साना भाई बहिनीहरुले मानव बेचबिखन बिरुद्धमा झण्डै १ घण्टा जनचेतनामुलक नाटक प्रदर्शन गरेका हुन् ।

मानव बेचबिखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रगत एवं विश्वव्यापी समस्या रहदै आएको बताईएको छ् ।

‘यसलाई जघन्य अपराधको रुपमा लिईन्छ र नेपाल पनि यस समस्याबाट अछुतो छैन् । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डर त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको ईच्छा विपरित जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचविखन भनिन्छ्’ कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले भने ।

दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले मानव बेचबिखन जस्तो जघन्य अपराध संग लड्न सबै एक जुट हुनु पर्ने बताएका छन् । आर्थिक समस्या, धनी हुने लोभ, देखासेखीको कारण समेत बेचबिखन पर्दै आएको उनले बताएका छन् ।

कार्यक्रममा मानव बेचबिखन बिरुद्धमा सबै एक जुट हुनेमा प्रतिबद्धता जोहेर गरेका छन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालयले श्रब्य द्धश्य प्रस्तुत गरेका छन् । श्रब्य द्धश्यमा कुलत, मानब बेचबिखन लगाएका बिषय समेटिएको थियो ।

दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले पानसमा दीप प्रज्वलन गरि उद्धाघाटन गरेको १६ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवसको अवसरमा संचालित जनचेतनामुलक कार्यक्रममा सिमा बस्तीहरुमा थप बिभिन्न खाले जनचेतनामुलक कार्यक्रम संचालन गर्दै जानु पर्नेमा जोड दिएका थिए ।

यस्तै आजै माईती नेपाल कञ्चनपुर र सुरक्षित संजाल दोधारा चाँदनीले वडा नं. ३ जामुना धारी स्थित जामुना आधारभुत बिद्यालयमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here