अदालतको आदेश भन्दै चलाउन थालियो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड

काठमाडौं, २० भदौ । काठमाडौं महानगरले बन्द गरेको काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड चल्न सुरु भएको छ ।

केही दिन अगाडी महानगरको बन्द भएको उक्त बोर्ड अदालतले आदेश दिएको भन्दै चलाउन थालिएको हो ।

एसटीआर एडभर्टिजमेन्ट प्रालिका सन्दीप हिराचनले १७ भदौमा उच्च अदालत पाटनमा महानगरको उक्त कदमविरुद्ध रिट हालेका थिए ।

आइतबार अदालतले महानगरको नाममा कारण देखाउ आदेश जारी गर्दै २२ भदौमा दुवै पक्षलाई छलफलका लागि आउन भनेको छ ।

अदालतको सोही कारण देखाउ आदेशलाई आधार मान्दै एसटीआर एडभर्टिजमेन्टले डिजिटल बोर्ड सञ्चालनमा ल्याएको हो ।

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै गत बिहीबार उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here