विद्यार्थी सुरक्षालक्षित चेकिङ अभियान: एकैदिन कारबाहीमा परे ८२ जना

फाइलफोटो

काठमाडौं । स्कुल तथा कलेजका विद्यार्थीलक्षित सुरक्षा चेकिङ अन्तर्गत आज ८२ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५१ जना, सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका २४ जना कारबारहीमा परेका छन् ।

यस्तै, नम्बर प्लेट दुरुस्त नभएका ४ जना, तीनजना राखेर मोटरसाइकल चलाउँदै गरेका एकजना, तीव्र गतिमा जिकज्याक चलाउने एकजना, हेल्मेट नलगाएका एकजना गरी ८२ जना विद्यार्थी चालकलाई कारबाही गरिएको हो ।

ट्राफिक प्रहरीले साउन ३० गतेदेखि सुरु गरेको विद्यार्थी सुरक्षालक्षित चेकिङ अभियानमा अहिलेसम्म ‍१ हजार १६५ जना विद्यार्थी चालक कारबाहीमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here