चलचित्र ‘प्रेमगीत ३’को ‘हर युग होस् प्रेमको’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको चलचित्र ‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक भएको छ ।

गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको चलचित्रको गीत मंगलबार सार्वजनिक भएको हो।

प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको नयाँ संस्करणमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ।

राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत छ। रोमान्टिक गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ।

असोज ७ गतेबाट नेपाल र हिन्दी भाषासहित भारतमा एकसाथ रिलिजको तयारीमा रहेको यो चलचित्रका गीतहरूले पछिल्लो समय दर्शकहरूको राम्रो साथ पाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here