राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध एक नाबालिगलाई बलात्कार गरेको भन्दै काठमाडौँ प्रहरीमा उजुरी परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जनाएको छ ।

विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

प्रहरीले भनेको छ, ‘काठमाडौंमा ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२ः२५ मा पटकपटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ ।’

अनुसन्धानका लागि विभिन्न विधि र प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त टोली खटिएको विज्ञप्तिमा भनिएको छ ।

सन्दीप यतिबेला विदेशमा छन् । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। उनी केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here