रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८२ करोडमा सीमित

काठमाडौं, २२ भदौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।

साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) ११.९७ अंकले घटेर १९३९.८८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२४ कम्पनीको ८२ करोड ६२ लाख ३० हजार ५८२ रुपैयाँ बराबरको २९ लाख ४३ हजार ७६९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको छ । एक कम्पनीको शेयरमुल्यमा वृद्धि भएको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको शेयरमूल्य ७.७२ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज प्राइम डिबेञ्चर र उन्नति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार प्राधिकरणको कम्पनीको भएको छ । यसको आज ५ करोड १५ लाखभन्दा बढीको कारोबार भएको छ ।

हिमालय एभरेष्ट इन्सोरेन्सको ४ करोड ६१ लाख र रिडी पावरको ३ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here