चलचित्र ‘हिजोआजका कुरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सन्तोष पन्तको चलचित्र ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । साकार पन्तले निर्देशन गरेका चलचित्र राजधानीमा पत्रकार सम्मेलन ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा पुस्तान्तर र विदेशिने सपनाले परिवार, विवाह र सम्बन्धमा पारेको असरको कथा समेटिएको छ । असोज २८ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रलाई साकार आफैंले लेखेका हुन् ।

चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, साकार पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइँकेल, अनुष्का अधिकारी, निरञ्जनप्रसाद अर्याल, लक्ष्मी भुसाल, मञ्जु श्रेष्ठ, सविन शाक्य, शैलेजा पाण्डे, कमला रेग्मी आदि कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

सन्तोषसहित चलचित्रमा रमा थपलियाको प्रमुख भूमिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here