सन्दीपले गुहारे क्यान-‘म निर्दोष छु, कानूनी उपचारका लागि सहयोग गरिदिनुस्’

काठमाडौं, २३ भदौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिगमाथि करणी गरेको आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्।

जबरजस्ती करणीको आरोप लागेका लामिछानेले क्यानसँगको सम्पर्कमा आफू निर्दोष रहेको र कानूनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिजमा रहेका कप्तान सन्दीपले कानूनी रूपमा अगाडि बढ्न कसरी सकिन्छ भनेर क्यानसँग सहयोग र सल्लाह गरिरहका स्रोतले जनाएको छ ।

क्यानलाई सन्दीपले लिग सकिएपछि नेपाल फर्कने बताएका छन्। सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।

गत भदौ ५ गते सन्दीपले नाबालिकालाई पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलात्कार गरेको उजुरी छ ।

५ गते दिउँसो सन्दीपले ती नाबालिकालाई घुम्नका लागि नगरकोट लगेका थिए । साँझ काठमाडौं फर्केर उनीहरू होटल इनमा बास बसेको र राति बलत्कार गरेको नाबालिकाले प्रहरीसामु बयान दिएकी छिन् ।

यता, प्रहरीले अनुसन्धान बुधबारबाटै थालिसकेको छ । प्रहरीले सन्दीपविरुद्ध महत्वपूर्ण प्रमाण भेटेको पनि बताइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here