जंगली हात्तीको त्रासले अनिँदोमै बित्छ रात, कक्षामै निदाउँछन् विद्यार्थी

पप्पु गुरुङ्ग

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा मा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि त्रास बढेको हो । जंगली हात्तीको त्रासले अनिँदोमै रात काट्न बाध्य छन् ।

अनिँदो निन्द्रले गणेश आधारधुत विद्यालयका विद्यार्थी कक्षामा निदाउने गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं। ३ जगबुडा नदीको पारिको बडुवाल टोल बस्तीमा रहेको गणेश आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरु शिक्षकहरुले पढाउँदा पढाउँदै कक्षा कोठामा निदाउने गरेको विद्यालय प्रशासनले जनाएको छ् ।

बडुवाल टोलमा हात्तीको आतंकको कारण रातभरी घरमा बालबालिका सुत्न नपाएको कारण बिद्यालयमा शिक्षक, शिक्षिकाहरुले पढाउँदै गरेको बेला कक्षा कोठामा निदाउने गरेको शिक्षकहरुले बताए ।

झण्डै ३ साता देखि बडुवाल टोलमा भारतबाट भित्रिएको जंगली हात्तीको आतंकले स्थानीयहरु रातभरी जाग्रम बस्दै आएका छन् ।

हात्तीले स्थानियहरुको खेतवाली पूर्णरुपमा नष्ट गर्दै आएको छ् । स्थानियहरुले लगाएको धान तथा मकै खेती जंगली हात्तीले खाएर तथा उधनेर नष्ट गर्न थालेपछि स्थानियहरुमा खाद्यान्नको चिन्ताले सताएको छ् ।

घर नजिक रातीको समयमा हात्ती आउँदा स्थानियहरुमा भागदौड चल्ने गरेको बल बहादुर सुनारले बताए । ‘रातीको समयमा खेती पाती जोगाउनु भन्दा ज्यान कसरी बचाउनु भन्ने चिन्ता बढी हुन्छ्’ सुनारले भने– ‘मोवाईलको सहारामा ज्यान बचाउन भाग्नु पर्ने हुन्छ् ।

रातभरी आफ्नो नानीहरुलाई बचाउँनै चिन्ता बढी हुन्छ् ।’ रातभरी हातीको आतंकको कारण विद्यालयमा विद्यार्थीको पठन पाठन समेत प्रभावित बन्दै गएको गणेश आधारभुत बिद्यालयका शिक्षकहरु बताउँछन् ।

बिद्यालयमा अध्यनरत १ सय ५० जना विद्यार्थी नियमित आउने बिगतका दिनहरुमा जंगली हात्तीको आतंक पछि विद्यालयमा ५० देखि ६० बिद्यार्थीहरु आउने गरेको प्रधानध्यापक शुक्र सिंह चाडले बताएका छन् । ‘केही दिन अघि १ सय ५० विद्यार्थीहरु विद्यालयमा आउने गर्थे, हात्तीले बस्तीमा आतंक मच्चाउन थाले संगै दैनिक ५० देखि ६० बिद्यार्थी मात्रै बिद्यालयमा आउने गरेका छन्’ चाडले भने– ‘हात्तीले सुत्न नदिएको कारण विद्यालयमा समेत प्रभाव परेको छ् ।’

कक्षा ५ मा अध्यनरत ममता भाटले रातीको समयमा हात्तीको कारण रातभरी सुत्न नपाईने बताइन्। ‘घर नजिकै हात्तीको बथान आएर घर भत्काउने गरि कराउन थाल्छ्, ज्यान बचाउन भाग्नु पर्छ्’ ममता भाटले भनिन् ।

नजिकको भारतिय जंगलबाट दैनिक १८ वटा हात्ती बस्तीमा भित्रिदै गर्दा स्थानियहरु सुत्न समेत नपाएको डुब्बु सार्कीले बताएका छन् ।

हात्ती धपाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत राभरी बडुवाल टोलमा परिचालित हुँदै आएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

समसाँझ हात्ती धपाउन बडुवाल टोल गएको टोली बिहान मात्रै फर्किने गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका सुरक्षाअधिकारीहरुले जनाएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रातभरी स्थानीयहरुसँग् मिलेर जंगली हात्ती धपाउँदै आएको स्थानीयहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here