काठमाडौं, २३ भदौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोप लागेका उनीविरुद्ध पुर्जी जारी गरेको हो ।
१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।
लामिछाने हाल देश बाहिर छन् । सन्दीपको टिमले अझै एक महिना लिग क्रिकेट खेल्ने कार्यतालिका छ।
पक्राउ पुर्जी जारी भएको अवस्थामा सन्दीप नेपाल नफर्किए प्रहरीले इन्टरपोलको सहारामा उनलाई पक्राउ गरेर नेपाल ल्याउन सक्छ। यस्तै, उनी आफै नेपाल फर्किए विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिन सक्नेछ।
























