‘ऐना झ्यालको पुतली’ लाई रिलिजको अघिल्लो दिनसम्म शो नदिएकोमा निर्माता संघको आपत्ति

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै आपत्ति जनाएको छ ।

संघले एक विज्ञप्ति निकाल्दै शुक्रवारदेखि रिलिज हुने ‘ऐना झ्यालको पुतली’ लाई बिहीबारसम्म सिनेमा हलहरूले शो नदिएकोमा आपत्ति जनाएको हो । शो नदिँदा अग्रिम बुकिङ खुल्ला गर्न नसकिएको र प्रचार प्रसारसमेत गर्न नसकिएको प्रष्ट पारेको छ ।

निर्माता संघले चलचित्र प्रदर्शन गर्न नदिए कडारुपमा प्रस्तुत हुने चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here