नाबालिग बलात्कारको आरोप लागेका कप्तान सन्दीप निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले नाबालिगमाथि जबर्जस्ती करणी अभियोगमा पक्राउ पूर्जी जारी भइसकेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो।

उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

लामिछाने लिग क्रिकेट खेल्न अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।

क्यान पदाधिकारीसँग कुरा गर्दै सन्दीपले आफ्नो बचाउ गरेका छन्। साथै कानुनी सहायता माग गरेका छन्। यस्तै, लिग सकेपछि मात्रै नेपाल फर्कने जानकारी उनले क्यानलाई दिएका छन्।

क्यान बोर्ड बैठकले गएको मंसिर २९ मा ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तानीको जिम्मेबारी सुम्पिएको थियो ।

सन्दीपको कप्तानीमा नेपालले १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४ जित, ९ हार र १ बराबरीको नतिजा निकाल्यो ।

त्यस्तै, टि–२० अन्तर्राष्ट्रियका १८ खेलमा टोलीले १३ मा जित र ५ मा हार बेहोरेको थियो । करिब नौ महिना उनको कप्तानी औसत रह्यो ।

२०१६ मा कीर्तिपुर मैदानमा नामिबियाविरुद्धको लिष्ट ‘ए’ मार्फत नेपाली क्रिकेटमा डेब्यू सन्दीपले नेपालबाट ३० एकदिवसिय अन्तर्राष्ट्रिय, ४४ टि–२० अन्तर्राष्ट्रिय एक फस्ट क्लास र ५४ लिष्ट ‘ए’ खेल खेलेका छन् ।

सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा ६९ विकेट लिनुको साथै १७० रन बनाएका छन् । त्यस्तै, उनले टि–२० अन्त्र्राष्ट्रियमा ८५ विकेट लिँदा ५७, फस्ट क्लासमा ३ विकेट लिँदै ६४ तथा लिष्ट `ए´ मा ११५ विकेटका साथ २१० रन बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here