सन्दीपले भने- ‘म निर्दोष छु र कानूनको सम्मान गरी केही दिनभित्रै सीपीएल छोडेर देश फर्कन्छु’

काठमाडौं, २४ भदौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।

शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको र कानूनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका हुन् ।

उनले क्यारेबियन प्रिमियर लिग छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।

उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् ।

यसैबीच अदालतको अनुमतिमा नेपाल प्रहरीले उनीविरूद्ध बिहीबारनै पक्राउ पुर्जी जारी गरिसकेको छ।

क्यानले हिजो लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको टिमबाट निलम्बन गरेको छ । अहिले सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेष्टइन्डिजमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here