पुण्य गौतम काठमाडौं – ३ बाट प्रतिनिधि सभामा सिफारिस

काठमाडौं । नेकपा एमालेले सामाजिक सञ्जालका भाइरल पात्र पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ ।

सामाजिक संजालमा कडा टिप्पणी गर्ने गौतमलाई एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाईमेत धन्यवाद दिएका छन् ।

उनले लेखेका छन् ‘पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद।’

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here