प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसदमा फिर्ता पठाइएको नागरिकता विधेयक फेरि जस्ताको तस्तै पारित गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले सत्ता गठबन्धनको आलोचना गरेका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले नागरिकता विधेयकका कारण सरकारले राष्ट्रपतिलाई अनावश्यक विवादमा तानेको समेत टिप्पणी गरेका छन् ।

उनले पत्रकारहरूसँग भने, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’।

ओलीले यो विधेयक फिर्ता लिनुपर्नेसमेत बताए । सञ्चारकर्मीको प्रश्नको जवाफ दिनेक्रममा ओलीले प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्नसमेत गरे । उनले प्रचण्डको भनाइलाई वाहियातसमेत भनेका थिए ।

प्रच्ण्डले केही दिन अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताएका थिए ।

राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित पुनर्विचारका लागि नागरिकता विधेयक संसदमा फिर्ता पठाए पनि संसदले भने कुनै परिवर्तन गरी पहिलाकै विधेयक हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here