१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो,के-के चाहिन्छ योग्यता ? (विज्ञापनसहित)

काठमाडौं, २६ भदौं । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागअन्तर्गतको भर्ना छनौट शाखाले मंसिर ४ मा हुन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुलाएको हो ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुक योग्यता पुगेका नेपाली नागरिकले स्वयं उपस्थित भइ यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म तोकिएको स्थानमा दरखास्त दिन सक्ने नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।

दरखास्त फारम सबै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने छ। निर्वाचनमा खटिने म्यादी प्रहरीको अवधि ४० दिनको हुने छ। दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here