भाटभटेनी सुपरमार्केटमा पनि पस्यो महानगर, बेसमेन्टको बनेको संरचना हटाउन २४ घण्टे अल्टिमेटम

फाइलफोटो

काठमाडौं, २६ भदौं । काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा रहेको संरचना हटाउन शुरु गरेको छ ।

बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको हो । अन्डरग्राउन्डमा बनेका अवैध संरचना हटाउन नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोलीलाई भाटभटेनी आफैँले हटाउने भनेपछि २४ घण्टे अल्टिमेटम दिएर फर्किएको छ ।

निरीक्षणमा निस्किएको नगर प्रहरीको साथमा डोजर पनि छ ।

भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको बताइएको छ ।

पछिल्लो समय महानगर विभिन्न ठाउँमा पार्किङका लागि निर्माण भएका बेसमेन्टको अनुगमन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here