एशिया कपको उपाधि श्रीलंकालाई, पाकिस्तान २३ रनले पराजित

काठमाडौं । श्रीलंकाले छैटौं पटक एशियाकपको उपाधि हात पारेको छ । गएराती सम्पन्न एशिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै सन् २०१४ पछि एशिया कपको उपाधि हात पारेको हो ।

यसअघि श्रीलंकाले भारतलाई पराजित गर्दै फाइनलसम्म आइपुगेको थियो । दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

५८ रनमा पाँच विकेटको खराब स्थितिलाई श्रीलंकाका छैटौं विकेटका लागि भानुका राजपक्ष र हसरङ्गाले ३६ बलमा ५८ रनको साझेदारी गर्दै खेलमा पुनरागमन गरेका थिए । भानुका राजपक्षले ४५ बलमा ७१ रनको अविजित पारी खेल्दै श्रीलंकालाई सम्मानजनक योगफल बनाएका थिए ।

१७१ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा १४७ रन बनाउँदै अलआउट भएपछि एशियाकपको उपाधि श्रीलंकाको हातमा गएको हो । श्रीलंकाले पहिलोपटक एशियाकपको उपाधी सन १९८६ मा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here