माछापोखरी क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

फाइलफोटो

काठमाडौं, २७ भदौं । काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

गुणस्तर विभाग कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रका अवैध संरचना भत्काइएको हो ।

महानगरले सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरामा डोजर चलाइएको हो । यसअघि आइतवार काठमाडौं महानगरपालिकाले जडिबुटी क्षेत्रको अवैध संरचना हटाएको थियो ।

महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरिएका भौतिक संरचना र प्रयोजनविपरित प्रयोग गरिएका संरचनाहरू हटाउन थालेको हो ।

महानगरपालिकाले व्यवसायिक भवनहरूले बेसमेन्टमा पार्किङ राख्ने भनेर नक्सा स्वीकृत गराए पनि पार्किङ नराखी अन्य प्रयोजनमा प्रयोग गरेकाहरूलाई खाली गराइरहेको छ । भदौ ६ गतेदेखि सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here