नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ६२ प्रतिशत सकियो

काठमाडौं, २७ भदौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

नागढुंगा(नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार भदौं २६ गतेसम्म सुरुङ खन्ने काम ६२ दशमलव ९० प्रतिशत प्रतिशत पूरा भएको छ ।

हालसम्म काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर मध्ये १ हजार ५ सय ४३ मिटर सम्पन्न भएको छ ।

त्यस्तै, निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल ५ हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ ।

आयोजनाको समग्र कामको प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । कुल वित्तीय प्रगति भने ४७ प्रतिशत भएको छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here