राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय लाजिम्पाटको अध्यक्षमा वसन्त विश्वकर्मा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्ष पदमा वसन्त विश्वकर्मा चयन भएका छन् ।

चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट वसन्त विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै प्रथम उपाध्यक्ष प्रितम पोखरेल, द्धितिय उपाध्यक्ष सुमन थापा मगर, महिला उपाध्यक्ष सपना रोका, सचिव सबिन आचार्य, कोषाध्यक्ष टेजराज भण्डारी, सह सचिव वसन्त राज बि.क. चुनिएका छन् ।

त्यस्तै सह कोषाध्यक्ष श्याम बुर्लाकोटी, सदस्यहरु यज्ञ बि.क., सुनिल परियार, मिना बुढाथोकी, गरिमा राम्जाली, सलिना नेपाली, दिपिका बयम्बु मगर, जीवन सिग्देल, चिज गुरुङ्ग, कृष्ण ब।बिस्वकर्मा, आरती खड्का, प्रमिला तामाङ्ग , रेनुका भट्टराई , पुनम सुनार, सुनिल बि.सि., अनिल सुनार, प्रकाश जि।सी। निर्वाचित भएका छन् ।

सो कार्यक्रममा प्रकाश पराजुलीको अध्यक्षता रहेको थियो भने केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबं कार्यवाहक अध्यक्ष रिता थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको चौथो साधरण सभा तथा दोस्रो अधिबेशनमा केन्द्रिय प्रतिनिधी, उपत्यका समन्वय समितीका प्रतिनिधी र आठ वटै समितीको प्रनिधीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here