हिरोको ‘ चाडपर्वको उमङ्ग,हिरो चढी दङ्ग’, ७ हजारदेखि बम्फरमा १ लाखसम्म नगद

काठमाडौं । चाडपर्व नजिकिएसँगै मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरुले नयाँ–नयाँ स्कीमका कार्यक्रम सार्वजनिक गरेका छन् ।

कम्पनीहरुले आफ्नो बिक्री बढाउनका निम्ति नगद छुटदेखि बीमा सुविधासम्मका कार्यक्रम ल्याएका छन् । साथै कम्पनीहरुले उपहारका कार्यक्रम पनि ल्याएका छन् ।

दशैं तिहार लक्षित कार्यक्रममा अधिकांश कम्पनीहरुले न्यूनतम डाउनपेमेन्टमै खरिद गर्न सकिने व्यवस्था गरेका छन् ।

त्यस्तै अन्तर्गत हिरो मोटसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले दशैं लक्षित ‘आहा दशैं चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

उक्त कार्यक्रमअन्तर्गत हरेक क्रेताले ७ हजार ५ सय रुपैयाँ नगद छुट पाउनेछन् भने स्क्रयाच कार्डमार्फत १ लाखसम्मको नगद जित्न सक्नेछन् ।

त्यस्तै बम्फर लक्की ड्रमार्फत एक जनाले १ लाखसम्म नगद छुट पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here