दोर्दी खोलाको बाढीमा परी १० काे मृत्यु, २० भन्दा बढी बेपत्ता

फोटो क्रेडिट : खेम गुरुङ

काठमाडौं, ९ साउन । लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी १० जनाकाे मृत्यु भएकाे छ भने २० जनाभन्दा बढी अझै हराइरहेका छन् ।

बुधबार बेलुका खाेलामा एक्कासी बाढी आएपछि ठूलाे जनधनकाे क्षति भएकाे हाे । बाढीमा परी मृत्यु हुने १० जनाकाे शब फेला परेकाे बताइएकाे छ भने हराइरहेकाकाे खाेजी कार्य जारी रहेकाे पनि बताइएकाे छ ।

बाढीले माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाकाे बाँध लगायतका विभिन्न संरचनामा ठूलाे क्षति पुर्याएकाे छ । बाढीमा परी मृत्यु हुनेहरूमा पनि अधिकांश जलविद्युत आयोजनामा कार्यरत कामदार रहेकाे बताइएकाे छ ।

बाढीमा परेकाहरुको खाेजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here