‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्ने ओलीकै कारण देशले स्थायित्व पाउन सकेन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान हुँदै नभएको अधिकार प्रयोग गरेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै उनले ओलीले निर्वाचनलाई परमादेशको संज्ञा दिएपछि प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रचण्डले भने, ‘संविधान सभाबाट संविधान घोषणा गरिसकेपछि त्यसबाट राजनीतिक स्थायित्वको अपेक्षा थियो। तर, त्यस्तो हुन सकेन।

संविधान सभा घोषणापछि ५ बर्ष सदन सुचारु गरेर समृद्धिको यात्रामा अघि बढ्ने अपेक्षा गरेका थियौँ। जनता र सदन सबैको तर दुभार्ग त्यस्तो हुन सकेन। तीन वर्ष नपुग्दै संविधानको मर्म अनुसार सरकार अघि जान सकेन।’

ओलीले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्दा नसुहाउने टिप्पणी गरे।

उनले भने, ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेको होइन। संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो? उहाँले अहिलेको निर्वाचनलाई प्रतिगमनसँग जोड्नुभयो। त्यो कसरी तुलना गर्न मिल्छ। उहाँले यहाँ बसेकालाई केही थाहा छैन, जनता भेडा नै हो कि भन्ने लाग्छ कि के हो?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here