नेपालमा विश्वकपका खेल प्रसारणको अधिकार मिडिया हवले लियो, विदेशी च्यानलमा हेर्न नपाइने

Photo : Marca

काठमाडौं, २ असोज । मंसिर ४ बाट कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का खेल नेपालभित्र नेपाली टेलिभिजन च्यानलमा प्रसारणको अधिकार मिडिया हवले लिएको छ । यससँगै अब नेपालमा विदेशी च्यानलबाट विश्वकपका खेल हेर्न नपाइने भएको छ ।

नेपालका लागि विश्वकपको प्रसारण अधिकार मिडिया हबले किनेको छ, जसले केही दिनमै प्रसारण हुने टेलिभिजन च्यानलको टुंगो लगाउने बताएको छ । यसपटकको विश्वकप हेर्न ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने छ ।

विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार मिडिया हवले २० करोड रुपैयाँ भन्दा बढी शूल्क तिरेको बताइएको छ । सोहीकाण यस पटक ग्राहकबाट पैसा उठाउने योजनामा मिडिया हव छ ।

नेपालमा विश्वकप देखाउन चाहने टेलिभिजन सिग्नल वितरक कम्पनीहरुलाई मिडिया हबले आह्वान गरेको छ । जसअनुसार गत शुक्रबार नेट टीभी र भायनेटले विश्वकप प्रसारणका लागि सम्झौता गरेका छन् । झण्डै एक महिना चल्ने विश्वकप हेर्न प्रतिसेटअप बक्स करिव ५ सय रुपैयाँ शुल्क लगाउने गरी तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here