चोलेन्द्रले सर्वोच्च आउने जानकारी गराएपछि प्रहरी लगाएर रोक्ने रणनीतिमा सरकार

काठमाडौं, २ असोज । महाअभियोग लागेपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफु सर्वोच्च अदालत आउने जानकारी गराएपछि सरकारले प्रहरी लगाएर उनलाई रोक्ने रणनीति लिएको छ । अहिले सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरी तैनाथी बढाइएको हो । उता, अन्य न्यायाधीश समेत चालेन्द्रलाई गेटमै रोक्ने राणनीतिमा छन् । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेसँगै पुनः सरकार र प्रधानन्यायाधीशबीच लफडा शुरु भएको हो ।

महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ ।

केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने पनि उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here