नेपाल फाइनलमा पराजित भएपछि टिमका प्रशिक्षक कुमार थापाले दिए राजीनामा

काठमाडौं, ३ असोज। नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन्। उनले उपाधि जित्न नसकेकोमा क्षमा माग्दै राजीनामा दिएका हुन् ।

यसअघि सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो। योसमेत गरी नेपाल पाँचौं‌ पटक फाइनलमा पराजित बनेको हो।

उनले खेलाडी ले शतप्रतिशत प्रयास गरे पनि सफल हुन नसकेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here