४८ वटा दलले बुझाए समानुपातिकतर्फ बन्दसूची

काठमाडौं, ४ असोज । समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा ४८ दलले बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बन्दसूचीका लागि निवेदन दिएका कूल ६८ दलमध्ये ४८ दलको मात्र दर्ता भएको छ ।

बन्दसूचीमाथि आयोगले मंगलबार छानबिन गर्ने भएको छ । आयोगका अनुसार समानुपातिक सिट संख्या जम्मा १ सय १० छ । समानुपातिक सिट संख्या ३७ भएको प्रदेश १ मा ३६ दलले बन्दसूची दर्ता गराएका छन् । सिट संख्या ४३ भएको मधेस प्रदेशमा ३६ दल बन्दसूचीमा दर्ता भएका छन् ।

वाग्मती प्रदेशमा कुल सिट संख्या ४४ भएकोमा ४० दलले बन्दसूची दर्ता गराएका छन् । २४ सिट संख्या भएको गण्डकीमा ३१ दल बन्दसूचीमा दर्ता भएका छन् । लुम्बिनी प्रदेशमा ३२ दलले समानुपातिक निर्वाचनतर्फ बन्दसूची दर्ता गराएका छन् । यहाँ जम्मा समानुपातिक सिट संख्या ३५ रहेको आयोगले जनाएको छ ।

त्यस्तै १६ सिट संख्या रहेको कर्णाली प्रदेशमा २८ दलले बन्दसूची दर्ता गराएका छन् भने सुदूरपश्चिम प्रदेशमा ३४ दलले बन्दसूची दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ कूल २१ सिट संख्या रहेको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here