प्रतिनिधिसभा र प्रदेश निर्वाचन: कहाँ कति मतदाता र मतदान केन्द्र ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ७७ वटै जिल्लाको मतदान केन्द्र र निर्वाचन क्षेत्रका मतदाता सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको संख्या अनुसार कुल मतदाता १ करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।

आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ ।

यस्तै देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

आयोगले ​ मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको छ । यसमा महिला र पुरुष मतदाताको संख्याका साथै तेस्रो लिंगी मतदाताको विवरण पनि समेटिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here