डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, जोखिममा काठमाडौं उपत्यका

काठमाडौं, ४ असोज । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा ४ हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, काठमाडौंमा ४ हजार ६७४, भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १० हजार २६५ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ६१० जनामा संक्रमण देखिएको छ ।

यस्तै, दाङमा एक हजार १४९, रुपन्देहीमा ६७९, चितवनमा ४२९, गुल्मीमा २९२, दार्चुलामा १९२ तथा काभ्रेमा १५६ जनामा संक्रमण पुष्टी भएकोे छ ।

अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार ४९४ पुगेको छ । डेंगुको कारण यो वर्ष २१जनाको मृत्यु भएको भइसकेको छ ।

डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

गत वर्षको आँकडाअनुसार डेंगु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ । सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here