‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’

काठमाडौं, ५ असोज । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणीकरण नगर्नू संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएकोमा राष्ट्रपतिको यो कदम संविधान र संसदीय मर्यादामाथिको प्रहार रहेको निष्कर्ष निकाल्दै वक्तव्य जारी गरेको छ ।

बैठकपछि जारी गरेको धारणामा भनिएको छ, ‘समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गर्दछ।’

मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा थियो। तर, राष्ट्रपतिले बेवास्ता गरिदिएकी थिइन्।

राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेको भन्दै अहिले आलोचना भइरहेको छ। साउन २९ गते भण्डारीले विधेयकलाई आफ्नो सन्देश सहित पुन: संसदमै पठाएकी थिइन।

संसदका दुवै सदनबाट पारित गरेर फेरि सरकारले विधेयक प्रमाणिकरणक लागि भण्डारीलाई भदौ २० मा पठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here