‘गोरखाले विकास निर्माण र समृद्धिमा न्याय खोजेको छ,यसले पूर्णता पाउँछ’-अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक उचाइ हासिल गरेकाे गाेरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिकाे सन्दर्भमा न्याय खाेजेकाे देखिएकाेले यसले पूर्णता पाउने बताएका छन् ।

लिगलिगकाेट र पालुङ्टारलाइ जाेडेर राजनैतिक इतिहास सहितकाे पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताए ।

पालुङ्टारलाइ आइसिटिमा अघि बढाइ स्मार्ट सिटी बनाउनुपर्ने बताए सघीय सरकार र अर्थमन्त्रालयबाट सबै सहयाेग गर्ने उनले बताए । स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन । उत्पादनसँग जाेडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्ने उनले बताए ।

नजिकै नदि बगिरहेकाे छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनाैँ, याे पानीलाइ टारमा ल्याउने याेजना प्राथमकितामा राख्नुपर्दछ । यसका लागि सरकारले बजेट प्रदान गरेकाे छ, कामलाइ द्रुत गतिमा अघि बढाउन अनुराेध गर्दछु, मन्त्री शर्माले भने ।

देशमा एउटा पनि मल कारखाना नभएकाे र जापानिज कम्पनीले मल कारखाना खाेल्न चासाे राखेकाले भूगाेल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेकाे उनले बताए । मध्य पहाडी लाेकमार्ग यहि पालुङ्टार भएर अघि बढेकाे छ। पालुङ्टारले बाहिरबाट आउने वस्तुलाइ विस्थापित गर्ने याेजना तय गर्नुपर्ने उनले बताए ।

सघीयता कार्यन्वयनका लागि दलहरु वीच राजनैतिक एकता अपरिहार्य भएकाेले मलाइ याे चिन्ह मन परेन, म सांसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन, सँसदकाे निर्वाचन साँसद बनाउन र मन्त्री बनाउन हाेइन , परिवर्तन पछि भएकाे व्यवस्थालाइ कायम राख्न र साम्यवादमा पुग्नका लागि एकता कायम भएकाे हाे उनले भने ।

संघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेकाे आवश्यकता रहेकाे बताए । पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियाे भनेर भन्न पाउनु सँघीयताकाे उपल्ब्धी भएकाे उनले बताए । सँघीय लाेकतान्त्रिक व्यवस्थाकाे अस्थित्व भनेकाे राजनैतिक पार्टीहरुकाे अस्थित्व रहेकाे उनले बताए । सँघ, प्रदेश र स्थानीय सरकार जनताकाे सेवक हाे शासक हाेइन ।

सरकारले लिएकाे नीतिका कारण सरकारका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका छन् । केही तरलताकाे अभाव अझै कायम छ । यसमा हामीले काम गरिररहेका छाैँ । बैँकमा व्याज पाउने उदेश्यले पैसा राखेर उत्पादन नहुने उनले बताए । वैँकले दिने गरेकाे व्याज घटाउन हामी लागि परेका छाैँ । सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन हामी लागि परेका छाैँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here