बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फूटबल संघ (एन्फ) का कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

तत्कालीन प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको क्याम्पबाट बाहिरिएका खेलाडीलाई समेत समेट्दै हुमागाइँले टोली सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको सूचीमा आशिष चौधरी र ऋतिक खड्काले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्नेछन् । यसअघि किरणको अनुपस्थितिमा नवयुग श्रेष्ठले टीमको नेतृत्व गरेका थिए ।

२३ सदस्यीय टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल

मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट

फर्वार्ड : विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here