एक मिलियन भन्दा बढी अमेरिकी कारहरू फिर्ता गर्दै टेस्ला

एजेन्सी । टेस्लाले अमेरिकामा लगभग १ दशमलव १ मिलियन कारहरू फिर्ता लिएको छ ।

टेस्लामा झ्यालहरू धेरै छिटो बन्द हुने र मानिसहरूका औंलाहरू च्यापिन सक्ने भन्दै कारहरु फिर्ता गरिएको हो ।

अमेरिकी नियामकहरूले तयार गरेको कागजातहरूले अवरोध पत्ता लगाएपछि झ्यालहरूले सही रूपमा काम नगरेको देखाएको छ ।

राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले यसलाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेको बताएको छ।

यता टेस्लाले सफ्टवेयर अपडेटले समस्या समाधान गर्ने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here