कच्चा तेलको मूल्यमा भारी गिरावट, प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने

gettyimages

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) प्रति ब्यारेल ७८.७४ डलरभन्दा तल झरेको छ भने ग्लोबल ब्रेन्ट बेन्चमार्क ८६.१५ डलरभन्दा तल कारोबार भइरहेको छ । यो ४.३१ प्रतिशतको गिरावट हो ।

डब्लूटीआई कच्चा तेलको मूल्य पनि ४.७५ प्रतिशतले घटेको ओयल प्राइसले जनाएको छ । यसैगरी, प्राकृतिक ग्यास, ग्यासोलिन लगायत सबै प्रकारका कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ ।

खासगरी, संयुक्तराज्य अमेरिकामा आर्थिक मन्दी आउने हल्ला चलेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो ।

यसअघि, प्रति ब्यारेल करिब १०० अमेरिकी डलरसम्म रहेको कच्चा पदार्थको मूल्य ह्वात्तै घटेसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने भएको छ ।

अन्तरराष्टिय बजारमा डलरको भाउ बढ्दा माग घट्ने डरले तेलको भाउमा गिरावट आएको बिशेषज्ञहरु बताउँछन् ।

विश्लेषकहरूले बुधवारको घाटाको पछाडि धेरै कारकहरू उद्धृत गरे, जसमा विश्व अर्थतन्त्रको स्वास्थ्यको चिन्ता र अमेरिकी डलरको आकाशिएको भाउ छ ।

बलियो अमेरिकी डलरले विदेशमा तेलको मागलाई कमजोर बनाउँछ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मूल्य निकै तल आइपुगेपनि नेपालमा भने इन्धनको मूल्य घटेको छैन् ।

केही समयदेखि नेपाली बजारमा पेट्रोलको मूल्य स्थिर रहेको छ भने डिजेल र मट्टीतेलको मूल्य भने थप महँगो भएको छ ।

तर, कच्चा तेलको मूल्य जनवरी यताकै न्यून स्तरमा आएको वर्तमान अवस्थामा आगामी दिनमा देशमा पेट्रोल र डिजेलको मूल्य घट्न सक्ने आँकलन गर्न सकिन्छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएपनि समग्रमा घाटा कायमै रहेको जनाउँदै तत्काल मूल्य नघटाउने बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here