ओरालो लाग्यो सुन-चाँदीको भाउ, सुन तोलामा एक हजार सस्तियो

काठमाडौं, ९ असोज । नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको छ ।

तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here