अग्नि ग्रुपले ल्यायो ‘अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’

काठमाडौं । महिन्द्राको नेपालको लागि आधिकारिक वितारक अग्नि मोटोइन्क प्रा. लिले ‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेको छ ।

अग्नि समूहको सहायक कम्पनीले चितवनमा आयोजित गरेको एक कार्यक्रममा ‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेको हो ।

यो नेपालको आधिरकारिक वितरक अग्नि मोटोइन्क प्रा. लि.को नेटवर्क मार्फत उपलब्ध हुने भएको छ ।

नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुुसार, १२५ केभीए ‘४ सिलिन्डर’ डिजेल जेनसेट नेपालभर रहेका सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने भएको छ ।

हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीए देखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ र यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिनेछ, जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउने छ ।

महिन्द्रा पावोरल डीजी जेनसेटहरू अग्नि मोटोइन्कको फराकिलो सेवा नेटवर्कद्वारा ग्राहकलाई तत्काल सहयोग प्रदान गर्न विशेषज्ञहरूको टोलीले कम से कम समयमा सेवा गर्न सबैभन्दा उत्तम र उपयुक्त समाधान छनौट प्रदान गर्न मद्दत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here