न्यूरोडमा दशैंको चार दिन सवारी साधनलाई प्रवेश निषेध

१० असोज, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा सवारी साधनको प्रवेश रोकेको छ ।

कार्यालयले घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्म डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाएको बताएको छ ।
तोकिएको मिति र समयमा गाडी नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न ट्राफिक प्रहरीले गाडी चालकसँग अनुरोध गरेको छ । न्युरोड क्षेत्रमा दशैँ किनमेल गर्नेहरुको घुइँचो हुने भएकाले ट्राफिक प्रहरीले गाडी प्रवेशमा निषेध गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here