नेपाल र बंगलादेशबीचको फुटबल हेर्न टिकटको मूल्य ५ सयदेखि ५ हजारसम्म

काठमाडौं, १० असोज । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको सूचना अनुसार भिआइपी टिकट खरिद गर्न ५ हजारसम्म तिर्नुपर्ने भएको छ । भिआइपीतर्फकै अन्य टिकटको दर १ हजार रुपैयाँ तोकिएको छ ।

नर्मलतर्फको टिकटका लागि ५ सय तोकिएको छ । खेल असोज ११ गते साँझ ५ः३० बजेबाट सुरु हुनेछ । मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here